दफा १०
म्याद तामेल सम्बन्धी कार्यविधि
(१) विशेष अदालतमा दायर रहेको मुद्दामा प्रतिवादीका नाममा म्याद पठाउँदा बाटोको म्याद बाहेक विदेशमा रहेको भए तीस दिनसम्मको र नेपालभित्र रहेको भए पन्ध्र दिनसम्मको अवधि तोकी समाव्हान जारी गर्न सकिनेछ ।
(२) उपदफा (१) बमोजिम विदेशमा रहेको प्रतिवादीको नाममा समाव्हान तामेल गर्नु पर्दा त्यस्तो प्रतिवादीको नेपालमा कुनै किसिमको कार्यालय वा प्रतिनिधि भए त्यस्तो कार्यालय वा प्रतिनिधिको नाममा समाव्हान तामेल गरिनेछ र यसरी तामेल भएको समाव्हान रीतपूर्वक तामेल भएको मानिनेछ ।
(३) उपदफा (२) बमोजिमको कार्यालय वा प्रतिनिधि नभएमा त्यस्तो प्रतिवादीले कारोबार गर्ने मुख्य स्थान वा निजले स्थायी बसोबास गर्ने ठेगाना वा कारोबार गर्दाको बखत पत्राचारको लागि निजले दिएको कुनै ठेगाना रहेछ भने त्यस्तो ठेगानामा टेलेक्स, टेलिफ्याक्स वा अभिलेख हुसक्ने दूरसंचारका अन्य कुनै माध्यम मार्फत वा रजिष्ट्री गरी हुलाक मार्फत समाव्हान तामेल गरिनेछ र त्यसरी तामेल भएको समाव्हान रीतपूर्वक तामेल भएको मानिनेछ ।
(४) उपदफा (२) वा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि विदेशमा रहे बसेको प्रतिवादीको नाममा समाव्हान तामेल गर्ने सम्बन्धमा नेपाल वा नेपाल सरकार पक्ष भएको कुनै सम्झौतामा छुट्टै व्यवस्था गरिएको रहेछ भने सोही बमोजिम समाव्हान तामेल गर्न यस दफाले बाधा पु¥याएको मानिने छैन ।
(५) विशेष अदालतले आफू समक्ष परेको मुद्दामा साक्षीका नाममा म्याद पठाउँदा बाटाको म्याद बाहेक सात दिनसम्मको म्याद तोकी समाव्हान जारी गर्न सक्नेछ ।
(६) यस दफा बमोजिम जारी भएको म्याद विशेष अदालतका कर्मचारीद्वारा वा जिल्ला अदालत वा नजिकको अरु कुनै सरकारी कार्यालय मार्फत तामेल गराउन सकिनेछ । विशेष अदालतबाट जारी भई आएको म्याद प्राथमिकता साथ तामेल गराउनु सम्बन्धित जिल्ला अदालतको श्रेस्तेदार वा त्यस्तो कार्यालयको प्रमुखको कर्तव्य हुनेछ ।
(७) विशेष अदालतबाट जारी भएको म्याद तामेल गर्न जाने कर्मचारीले बाटाका म्याद बाहेक दुई दिनभित्र म्याद तामेल गरिसक्नु पर्नेछ र कुनै मनासिब कारण नभई म्याद तामेल गर्न ढिलो गरेको देखिएमा निजलाई विशेष अदालतले पाँच सय रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।
(८) विशेष अदालतबाट आफनो नाममा म्याद जारी भएको थाहा पाई कसैले विशेष अदालत वा म्याद तामेल गर्न पठाइएको अदालत वा कार्यालयमा आफ्नो नाममा जारी भएको म्याद बुझ्न पाउँ भनी निवेदन दिएमा त्यस्तो म्याद निजलाई तामेल गर्न सकिनेछ । त्यसरी निवेदन दिंदा कुनै दस्तुर लाग्ने छैन ।
(९) यस दफा बमोजिमको कार्यविधि अवलम्बन गरी कुनै व्यक्तिको नाममा म्याद तामेल गर्नु पर्दा त्यस्तो व्यक्तिको ठेगाना पत्ता नलागी वा अन्य कुनै कारणले त्यस्तो म्याद बुझाउन नसकिएको कुराको प्रतिवेदन पर्न आएमा विशेष अदालतमा मुद्दा दायर भएको संक्षिप्त विवरण उल्लेख गरी त्यस्तो व्यक्तिलाई तीस दिनसम्मको म्याद दिई उपस्थित हुन राष्ट्रिय स्तरको समाचारपत्रमा (विदेशीको हकमा अंगे्रजी दैनिकमा) कम्तीमा दुईपटक सार्वजनिक सूचना प्रकाशन गरिनेछ र त्यसरी सूचना प्रकाशन भएकोमा त्यस्तो व्यक्तिलाई रीतपूर्वक म्याद तामेल भएको मानिनेछ ।
(१०) यस दफामा लेखिएदेखि बाहेक म्याद तामेली सम्बन्धी अन्य व्यवस्था प्रचलित कानुनबमोजिम हुनेछ ।